आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित

बुधबार, ०८ वैशाख २०७८, ०७ : ३५
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले  आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले गण्डकी प्रदेश र प्रदेश २  बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु राखेको थियो ।

तीव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३) र प्रदेश २ को बारा (२०७८ जेठ १ र २०) लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएको अध्यक्ष जीतजंग बस्नेतद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि दलको केन्द्रीय समितिले पुनः नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट आफू पनि बाच्न र अरुलाई पनि बचाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप