शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

बुधबार, ०८ वैशाख २०७८, ०७ : ०९
बुधबार, ०८ वैशाख २०७८

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । 

यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता, रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए । 

यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्रमण बुन्न सकेन । चेल्सीले गोलका लागि ७ पटक प्रहार गर्दा ब्राइटनले ११ पटक प्रयास गरेको थियो । 

बराबरीपछि ३४ अंक बटुुलेको ब्राइटन १६ औं स्थानमा छ । अन्तिम ६ खेल खेल्न बाँकी छँदा रेलिगेसन जोनमा रहेको फुुलह्यामभन्दा ब्राइटन ७ अंकले अघि छ । प्रिमियर लिगमा १८, १९ र २० औं नम्बरमा पर्ने टोली रेलिगेसनमा पर्छन् ।

अहिले अठारौं रहेको फुलह्यामको २७, उन्नाइसौं नम्बरको वेस्टब्रोमको २४ र बीसौं नम्बरको सेफिल्ड युनाइटेडको १४ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप