बागलुङ नगरपालिकाको ३ वटा वडामा १० दिन निषेधाज्ञा
मङ्गलबार, ०७ वैशाख २०७८, २२ : ३९

काठमाडौं । बागलुङ जिल्लाको बागलुङ नगरपालिका स्थित वडा नम्बर १२, १३ र १४ मा दश दिन निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि वैशाख १७ सम्म दश दिन निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको सूचना अनुसार साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविस क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका बस्तु तथा सेवा बन्द हुन्छ । प्रशासनको अनुमति विना सार्वजनिक ठाउँमा भेला जम्मा निषेध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीहरूले गरे इजरायलमाथि मिसाइल प्रहार
-
ट्रम्पले किन भने चीनमाथि लगाइएको ट्यारिफमा उल्लेख्य कमी आउँछ ?
-
भ्रष्टाचारी ठहरिएका अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने
-
कर्मचारी निवृत्त भएपछि हुने नियुक्तिमा कुलिङ पिरियड नराखौँ : रघुजी पन्त
-
आतंकवादीबाट मारिएका सुदीप : स्थानीय भन्छन्, ‘एउटा समाजसेवी युवा गुमायौँ’
-
शिक्षक आन्दोलन: विरोध भएसँगै बानेश्वर–माइतीघर सडक खण्डको एक लेन खुला