आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमित मिश्रा चम्किएपछि सस्तोमै समेटियो मुम्बई इन्डियन्स

मङ्गलबार, ०७ वैशाख २०७८, २१ : ३८
मङ्गलबार, ०७ वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले १३७ रनमा रोकेको छ । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।

चेन्नईको मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको मुम्बई इन्डियन्सले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । दिल्ली क्यापिटल्सका बलरहरुले मुम्बईका ब्याट्सम्यानलाई क्रिजमा जम्न दिएनन् । परिणामस्वरुप मुम्बईले औसत योगफलमै चित्त बुझाउनु प¥यो ।

मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।

मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए । यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए ।

अंक तालिकामा दिल्ली क्यापिटल्स तेस्रो र मुम्बई इन्डियन्स चौथो नम्बरमा छ । दुवैले तीन खेलमा दुई जित र एक पराजय ब्यहोरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप