शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो

मङ्गलबार, ०७ वैशाख २०७८, १९ : २१
मङ्गलबार, ०७ वैशाख २०७८

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र  ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । बुटवलको चौराह अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय खुरवाङ खडकाको अहिले साझ मृत्यु भएको हो । दुर्घटनामा योसहित दुई जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए । अझै ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका स्वास्थ्यकर्मी जनक केसीले बताए ।

बिहान बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप