शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की काँग्रेसका सभापति केसीलाई कोरोना संक्रमण

मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ४९
मङ्गलबार, ०७ वैशाख २०७८

पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  आफ्ना पिताको देहावसान भएर काजकिरियामा रहेको अवस्थामा अस्वस्थ भएपछि सोमबार राती अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सभापति केसीको उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । उनमा कोरोना पोजेटिभ देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको केसीका छोरा सरोज केसीले दिएको जानकारी दिए ।  
उनका अनुसार केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । यसैबीच कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग तत्कालका लागि भेटघाट नगर्न आग्रह गरेका छन् । उनले एक अपीलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी आइसोलेशनमा रहेकाले भेटघाट नगर्न आग्रह गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप