सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

माधव पक्षले समयसीमाभित्रै स्पष्टीकरण बुझाउने

भूईंमा लडेपनि धुलो टकटक्याएर लड्छौं : रामकुमारी झाँक्री
मङ्गलबार, ०७ वैशाख २०७८, २३ : १६
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । 
मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् । 
छलफलपछि नेत्री रामकुमारी झाँक्रीले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टिकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीको भनाइ छ । 

उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मनोमानी गरिरहेको भन्दै आफुहरु एमालेको विधान र पद्धति बसाउन संघर्ष गरिरहेको पनि बताइन् ।
‘पार्टी विभाजनको पक्षमा ओली आफै हुनुहुन्छ । जबजको सिरानी हालेर त्यही सिद्धान्त विरूद्ध खडा हुनुहुन्छ । सबै अधिकार आफुमा राखेर हिँड्नु खोज्नु भएको छ । त्यही सिलसिलाअन्तगत अहिले २७ जनालाई स्पष्टीकरण सोध्नुभएको हो’, झाँक्रीले भनिन्, ‘पार्टीभित्र संघर्ष पनि जारी राख्छौँ । पार्टी र सिद्धान्तका लागि लड्छौं । भुईँमा लडेपनि धुलो टकटक्याएर लड्छौँ ।’

अध्यक्ष ओलीले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप