यस्तो छ माओवादी बैठकको कार्यसूची

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा विभिन्न ६ वटा कार्यसूची बनाएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा रिपोर्टिङ (केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष प्रचण्ड र विभिन्न जिम्मेवारीमा रहेका सदस्यबाट) विधान संशोधन, संगठनात्मक कार्यदलको कामबारे, आगामी केन्द्रीय समितिको बैठकबारे, वर्तमान सरकारको विरुद्ध नयाँ सरकार गठनबारे र विविध विषयमा कार्यसुची तय गरेको उनले बताए ।
बैठकमा कार्यसूचीमा केन्द्रीत रहेर छलफल भएको र आजको बैठकले ओली सरकारलाई हटाउन सबै दलसँग छलफललाई घनिभूत बनाउने, कोरोना नियन्त्रणमा सबै पार्टी पंक्ति परिचालित हुने र सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोमा विरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यसूचीबारे छलफल जारी रहेको र भोलि १ बजेपछि बैठक बोलाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा