शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय

सेयर बजारमा झिनो वृद्धि

मङ्गलबार, ०७ वैशाख २०७८, १६ : २५
मङ्गलबार, ०७ वैशाख २०७८

मंगलबार नेप्से सूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा आएको छ । यस दिन ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
 २ सय १६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो । ९ समूहको सूचक वृद्धि भएको छ । महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।  
कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढी सहित पहिलो स्थानमा  छ । दोस्रोमा निफ्रा र तेस्रोमा नबिल बैंक रहेका  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप