शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यारियट होटेल दोस्रो वर्षमा, १२ हजारमा वार्षिकोत्सव विशेष अफर

मङ्गलबार, ०७ वैशाख २०७८, १४ : ४८
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । म्यारियट होटेलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । काठमाडौंको नक्सालमा रहेको म्यारियट होटेलले अप्रिल १८ मा आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो । 

होटलका जनरल म्यानेजर फाबियन मार्टिनेजले कोरोना महामारीको अवस्थामा पनि स्वास्थ्य मापदण्डको कडाइका साथ लागु गरी सुरक्षित रुपमा ग्राहकलाई सेवा दिएको बताए । 

होटेलले फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरूको साथ नयाँ व्यञ्जनहरू पस्किँदै आइरहेको जनाएको छ । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । 

होटेलले आफ्नो वार्षिकोत्सवको अवसर पारेर अप्रिल महिनाभरीका लागि १२ हजार ११ रुपैयाँमा प्याकेज अफर पनि ल्याएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप