शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका यस्ता छन् विशेषता

मङ्गलबार, ०७ वैशाख २०७८, १४ : १०
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ ।

एफ१९मा ब्रिलियन्ट स्क्रिन र पर्फमेन्स साथै चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भनेर ब्याट्री पर्फमेन्सलाई विशेष ध्यान दिएको छ ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले एफ सिरिजको डिजाइन आफ्नो दैनिक आवश्यकता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेन्डी स्मार्ट फोन चाहने उपभोक्ताहरूका लागि गरिएको बताए ।  

यसमा ३३ वाट फ्ल्यास चार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी प्लस पञ्च(होल डिस्प्ले यस फोनमा राखिएको कम्पनीले जनाएको छ ।

एफ१९मा स्मुथ पर्फमेन्स सुनिश्चितताका लागि क्वालकम स्न्याप ड्रागन ६६२ चिपको प्रयोग गरिएको छ । फोनमा ६ जीबी ¥याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ । दिनभरको चिन्ता रहित प्रयोगका लागि फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध रहेको कम्पनीको दावी छ । 

ओपो एफ१९ले प्रयोगकर्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रका अत्याधुनिक प्रविधिहरुको मज्जा लिने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा जडित ४८एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा मार्फत प्रयोगकर्ताले स्पष्ट सेल्फी तथा उत्कृष्ट भिडियो रचनात्मक झल्काउँदै खिच्न सक्छन् । रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदान गर्न यसमा नाइट मोड पनि दिइएको छ ।

ओपो एफ१९मा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर्स पनि उपलब्ध छन् । यसमा जडित रियर क्यामेरा मार्फत १०८० पी वा ७२० पीको स्टिडी भिडियो ३० एफपीएस सहित खिच्न सकिन्छ । 

शक्तिशाली प्रोसेसर र ठूलो ब्याट्री भएता पनि ओपो एफ१९ले स्लिम, वेल क्राफ्टेड, आकर्षक बडी डिजाइनमा उपलब्ध छ । पर्फमेन्स साथै यसमा रहेको थ्रीडी कभ्र्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा पनि उत्तिकै सहजता र आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । 

ओपो एफ१९ प्रिजम ब्ल्याक र मिड नाइट ब्लु गरी दुई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । ६ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक यसको मूल्य ३४ हजार ५ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप