शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गौतम बुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रंग रोगन रोयल पेन्टस्ले गर्ने

मङ्गलबार, ०७ वैशाख २०७८, १२ : ३७
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस् बिभिन्न किसिमका उत्पादनहरु सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले चितवनमा बन्दै गरेको रङ्गशाला​ले चितवनको समग्र आर्थिक अबस्थामा ठूलो टेवा पुग्ने बताए । 

रोयल रोयल पेन्टस्का संचालक परमेश्वर भण्डारीले रङ्गशाला​ले सम्पूर्ण खेल प्रेमी नेपालीमा आशा पलाएको र धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले आफ्ना उत्पादन प्रयोग गर्दै गर्दा आफुहरुलाई थप उत्साह थपेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप