चौथो संस्करणका कतारी रियाल चलनचल्तीबाट हटाइँदै, राष्ट्र बैंकले निकाल्यो सटहीको सूचना
मङ्गलबार, ०७ वैशाख २०७८, १२ : २१
काठमाडौं । कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणको हाल चलनचल्तीमा रहेका कतारी रियाल आगामी जुलाई १ पछि नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले सो नोट जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरिसकेकाले नेपाल राष्ट्र बैंकले सो नोट भएमा सतही गर्न अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ।
नोट सटहीका लागि बैंकले सम्बन्धित बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने प्रदेशस्थित कार्यालयहरु तथा विदेशी विनिमयको कारोबार गर्ने इजाजत प्राप्त संस्थाहरूबाट सटही गर्न सकिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने