सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

हवाई भाडा बढ्यो (सूचीसहित)

मङ्गलबार, ०७ वैशाख २०७८, ११ : ५२
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।

अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । 
योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ । हाल सबैभन्दा बढि भाडा भएको काठमाडौं–धनगढीको हो । सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो । यसको अतिरिक्त उच्च मूल्यमा सो स्थानको भाडा ९ हजार ४८५ लाग्नेछ ।

निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क पनि स्वचालित गर्ने प्रणालीअनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप