अदीतिको ‘बाबरी’ फ्लोरमा
काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।
सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । टोटलानीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
४० दिनको छायाँंकन सेड्युल राखिएको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँले संगीत रहनेछ ।
गतवर्ष नै छायाँकनको तयारी गरिएको फिल्म कोरोनाका कारण देशमा लकडाउन भएपछि रोकिएको थियो । धमाधम फिल्म छायाँकन निस्कन थालेको समय सरकारले भने कोरोना बढ्यो भन्दै बैशाख मसान्तसम्मका लागि फिल्म हल फेरि बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन