आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा ३ जना पक्राउ

मङ्गलबार, ०७ वैशाख २०७८, १० : ५३
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नुवाकोटका राजु तामाङले मोटरसाईकल हराएको निवेदन दिएपछि महाशाखाले अनुसन्धान गरेर आरोपीहरुलाई पक्राउ गरेको हो ।

चोरेपछि वास्तविक नम्बर परिवर्तन गरेर उनीहरुले नयाँ नम्बर प्लेट राखेर सो मोटरसाईकल चढेर हिँडेका थिए । मंगलबार पक्राउ गरेर उनीहरुविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप