आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

मङ्गलबार, ०७ वैशाख २०७८, ०९ : ५९
मङ्गलबार, ०७ वैशाख २०७८

कन्चनपुर। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

 लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप