लगातार तेस्रो दिन भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित
लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् । यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए ।
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ । भारतमा हालसम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।
हरेक दिन हुने मृत्युको संख्यामा भारत विश्वकै शीर्ष स्थानमा पुगेको छ । भारतमा हरेक दिन औसतमा १६ सयभन्दा बढीको मृत्यु भइरहेको छ । दोस्रो नम्बरमा ब्राजिल रहेको छ त्यहाँ १५ सयभन्दा बढीको मृत्यु भइरहेको छ । अमेरिकामा यो आँकडा ४–५ सयको बीचमा रहेको छ । भारतमा सोमबार १७ सय ५७ जनाको मृत्यु भएको छ ।
सोमबार कूल संक्रमितको ७८.३७ प्रतिशत संक्रमित भारतका १० राज्यमा पाइएको थियो । जसमा महाराष्ट्र, उत्तरप्रदेश, दिल्ली, कर्नाटक, केरल, छत्तीसगढ, मध्यप्रदेश, तमिलनाडु, राजस्थान र गुजराज रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा