सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आज चैते दसैँ

मङ्गलबार, ०७ वैशाख २०७८, ०९ : ०१
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौँ  । आज चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने गरिन्छ । 

दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गर्ने धार्मिक परम्परा रहेको छ । 

आजको दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ ।  

हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ ।

चैतेदशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ । 

रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिए । 

कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप