शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब यी १७ वस्तुको पनि मापदण्ड निर्धारण गरिने

मङ्गलबार, ०७ वैशाख २०७८, ०७ : २५
मङ्गलबार, ०७ वैशाख २०७८

खाद्य  प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम महलगायत थप  १७  वस्तुको मापदण्ड  तोक्ने  तयारी  गरेको  छ । यसअघि चिउरा, पुुष्टकारी, गुुँदपाकलगायतका गुणस्तर मापदण्ड  तोकेको  विभागले  थप  १७  वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।

मह, आइसक्रिमलगायत वस्तु निर्यात हुन्छन् । विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी   दिए । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उनको भनाइ छ ।

उनका अनुसार विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो तर वस्तुगत  रूपमा छुट्याइएन । दलहन, विभागका अनुसार वस्तुगत  रूपमै  मापदण्ड  हुँदा  व्यापारमा  पनि सहजीकरण हुनेछ । गर्मी महिना सुरु भएसँगै आइसक्रिमको  खपत  पनि  बढछ ।  यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप