बेलायतमा कोरोनाको खोपको दुवै डोज लगाउनेको संख्या एक करोड नाघ्यो
लन्डन । बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउनेको संख्या एक करोड नाघेको छ । ;डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार बेलायतको जनसंख्याको १९ प्रतिशत वयस्कहरुले कोरोना विरुद्ध खोपको दुवै डोज लगाएका छन् । सोमबार सार्वजनिक तथ्यांकमा दोस्रो डोज लगाउनेको संख्या एक करोड एक लाख ५२ हजार ३९ पुगेको छ । गत वर्ष डिसेम्बर ८ बाट शुरु भएको खोप वितरणमा हालसम्म चार करोड ३० लाख ८४ हजार ४८७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड २९ लाख ३२ हजार ४४८ जनाले पहिलो डोज लगाएका छन् ।
बेलायतमा २४ घन्टामा ४ जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन १० जनाको मृत्यु भएको थियो । एक सातामा १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २६.९ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७४ पुगेको छ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९० हजार ७८३ पुगेको छ । एकसातामा १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । एक साताभित्र संक्रमित संख्यामा पनि १०.० प्रतिशतले ह्रास आएको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३७४ छ भने ४१ लाख ५६ हजार १३५ संक्रमित निको भइसकेको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३३२ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?