मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लिड्ससँग रोकियो लिभरपुल

मङ्गलबार, ०७ वैशाख २०७८, ०७ : ०९
मङ्गलबार, ०७ वैशाख २०७८

इंलिस प्रिमियर लिग फुटबलमा  शीर्ष चारभित्र पर्नका लागि संघर्षरत डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमै रोकिएको छ । साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि डिएगो लोरेन्टोले खेलको अन्त्यतिर गोल फर्काउँदा लिड्सले लिभरपुलसँग अंक खोसेको हो । 

युरोपियन सुपर लिगको घोषणापछि खेलिएको उक्त खेलका दौरान समर्थकहरुले प्रस्तावित सुपर लिगको विरोध गरेका छन् । लिड्स युनाइटेडका समर्थकहरुले इंङल्यान्ड ६ क्लबका मालिकहरु स्वार्थी बनेको आरोप लगाए । यता, लिभरपुलका प्रशिक्षक योर्गान क्लोप पनि सुपर लिगको विपक्षमा देखिएका छन्, यद्यपी तत्कालै क्लबबाट राजिनामा दिने योजना नरहेको उनले बताएका छन् ।

शीर्ष ४ बाहिरै 

यस बराबरीपछि लिभरपुलले चौथो स्थानमा उक्लने मौका गुमायो । बराबरीपछि ३२ खेलबाट लिभरपुलको ५३ अंक छ । चौथौ स्थानको वेस्टह्यामको समान खेलबाट ५५ र एक खेल कम खेलेको चेल्सीको ५४ अंक छ । लिगको पहिलो स्थानमा म्यानचेस्टर सिटी,  दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा लेइस्टर सिटी छन् । ३२ खेलबाट ५० अंक बटुुलेको टोट्टेनह्याम सातौं स्थानमा छ । 

सामान्यत शीर्ष  ४ स्थानमा रहने क्लबले युरोपेली च्याम्पियन्स लिग खेल्न पाउँछन् । तर, यसपटक ६ इंलिस क्लबसहितका १२ क्लबले युरोपेली सुपर लिग आयोजना गर्ने घोषणा गरेसँगै फुटबलमा नयाँ तरङ्ग आएको छ । यी क्लबहरुमाथि कारबाही हुनसक्ने युुईएफएले जनाएको छ । त्यसकारण उनीहरुको च्याम्पियन्स लिग सहभागिता पनि अनिश्चित बनेको छ । म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र टोट्टेनह्याम युरोपेली सुपर लिगका संस्थापक क्लब हुन् । स्पेनबाट रियल म्याड्रिड, एथलेटिको म्याड्रिड र बार्सिलोना तथा इटलीबाट एसी मिलान, इन्टर मिलान र युुभेन्टस् सुपर लिगमा समावेश क्लब हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप