शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

कुन अवस्थामा हट्लान् ओली ?

मङ्गलबार, ०७ वैशाख २०७८, ०६ : ५७
मङ्गलबार, ०७ वैशाख २०७८

ओलीकै नेतृत्वमा चुनावमा जान नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरुसमेत छन् । 

सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ । जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ ।

उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ । अल्पमतले सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिन्छ । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप