शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टेनह्यामद्वारा प्रशिक्षक माउरिन्हो बर्खास्त

मङ्गलबार, ०७ वैशाख २०७८, ०६ : ५५
मङ्गलबार, ०७ वैशाख २०७८

प्रशिक्षण सुरु गरेको १७ महिनामै होसे माउरिन्होलाई टोट्टेनह्याम हसपर्सले बर्खास्त गरेको छ । नोभेम्बर २०१९ मा माउरिसियो पोचिटिन्होलाई बर्खास्त गरेर टोट्टेनह्यामले माउरिन्होलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 

गत सिजन माउरिन्होको नेतृत्वमा टोट्टेनह्याम लिगमा छैटौं भयो । अहिले अंकतालिका सातौं स्थानमा छ । पछिल्ला तीन लिग खेलबाट यो क्लबले केवल २ अंक जोडेको छ । गत मार्च युरोपा लिगबाट क्लब बाहिरिइसकेको छ ।

कारावाओ कपको फाइनलमा २५ अप्रिलमा टोट्टेनह्यामले म्यानचेस्टर सिटीको सामना गर्दैछ र यस खेलअघि नै प्रशिक्षक माउरिन्हो बर्खास्तीमा परेका हुन् । माउरिन्होको प्रशिक्षक दलका सदस्य जोओ सेक्रोमेन्तो, नुनो सन्तोष, कार्लोस लेलिन र गिओभान्नी सेरा पनि बर्खास्तीमा परेका छन् ।

५८ वर्षीय माउरिन्होले एएफसी पोर्टो, चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेडलगायत क्लबहरुलाई प्रशिक्षण दिइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप