शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झडपमा परी ४० को मृत्यु, एक हजार मानिस विस्थापित

सोमबार, ०६ वैशाख २०७८, २२ : ३१
सोमबार, ०६ वैशाख २०७८

बामाको । दुई पक्षका बीचमा झडप हुँदा मालीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।  

लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो । 

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका छन् । हिंसात्मक घटनाले स्थानिय बासिन्दा त्रसित र आतङ्कित भएको पाइएको छ । 

दुई पक्षका एक एक जनाबाट सुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको हो । 

मालिमा जिहादी विद्रोही र परम्परागत सिकारीहरुका बीचमा बेला बेलामा यस्ता हिंसात्मक घटना हुदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप