बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महाधिवेशन सर्‍यो

सोमबार, ०६ वैशाख २०७८, २२ : ११
सोमबार, ०६ वैशाख २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन मिति सरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षता तथा अध्यक्ष द्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी समेतको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । 

जसअनुसार महाधिवेशन २०७८ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । यसअघि वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय भएको थियो । 

यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि २०७८ बैशाख मसान्तसम्म थप गर्ने, जिल्ला तहसम्मको अधिवेशन  बैशाख मसान्तसम्म गर्ने  र  प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म गर्ने तय भएको छ ।

महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ १० गतेसम्म गर्ने निर्णय पनि भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप