शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारपाक ह्यासट्याग फोटो प्रदर्शनी हुने

सोमबार, ०६ वैशाख २०७८, २२ : ०४
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । भूकम्प प्रभावित गोरखा जिल्लाको बारपाक क्षेत्रको अवस्थितीलाई लिएर बारपाक फोटो प्रदर्शनी हुने भएको छ । 

नेपाल पर्यटन बोर्डको नियमित कार्यक्रम अन्तर्गतको फोटो नेपाल प्रदर्शनी कार्यक्रमका लागि यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको हो । 

२०७२ सालको विनाशकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा निकै चर्चा पाएको तर पर्यटकीय क्षेत्र समेत रहेको बारपाकको महत्व विश्व सामु मुखरित गर्ने उद्देश्यले बोर्डले फोटो प्रदर्शनी मार्फत समेट्ने भएको हो । 

सो ठाउँको प्रचार–प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको बोर्डले जनाएको छ । 
सो प्रदर्शनीमा भाग लिन चाहने वा तस्बिर प्रदर्शन गर्न चाहनेहरु फोटो पठाएर सहभागी हुन सकिने बोर्डले जनाएको छ । जसका लागि फोटो खिच्ने तरिका बारेको प्रशिक्षण बोर्ड आफैले दिने पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए । 

प्रकृति, संस्कृति लगायत आकर्षण समावेश गरिएको फोटोहरूको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल प्रदर्शनी अन्तरगत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यका साथ विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको छ । 

प्रदर्शनी वैशाख १० बाट  शुरु हुँदैछ । उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने बस्तुका तस्बिर राखिने छन् । 

उक्त प्रदर्शनीबाट छानिएका ३ उत्कृष्ट फोटाहरुलाई पुरस्कृत समेत गरिने बोर्डले जनाएको छ । प्रथम हुनेले नगद १० हजार रुपैयाँ पाउने छन् भने दोस्रो हुनेले नगद ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार पाउने बोर्डले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप