शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य

सोमबार, ०६ वैशाख २०७८, २१ : ४५
सोमबार, ०६ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए ।

चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।

राजस्थानका लागि चेतन सकरियाले ३ विकेट लिए भने क्रिस मोरिसले २, मुस्तफिजुर रहमान र राहुल तेबटियाले एक÷एक विकेट लिए ।

दुई÷दुई खेल खेल्दै एक जित र एक हार व्यहोरेका दुवै टिम दोस्रो जितका लागि आपसमा संघर्षरत छन् । अंक तालिकामा चेन्नई चौथो र राजस्थान पाँचौं नम्बरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप