बर्दियामा बलात्कार गरेको आरोपमा एक पक्राउ
सोमबार, ०६ वैशाख २०७८, २१ : ४४
काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–९ चनौराका दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
२४ वर्षीय दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।
आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान