शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली भन्छन्– जसपा नेपालको एउटा पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको पक्षमा

सोमबार, ०६ वैशाख २०७८, २१ : २८
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एउटा पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका पक्षमा देखिएको बताएका छन् ।

सोमबार नेकपा एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले पछिल्लो समय जसपा नेपालमा अन्योल देखिएको टिप्पणी गरेका हुन् । पार्टीको एउटा पक्ष लोकतन्त्रको सुदृढीकरणका लागि सरकारसँग संवाद गर्न तयार रहे पनि अर्को पक्षमा रहेका केही नेता सरकारको विरोधको एकसूत्रीय अभियानमा केन्द्रित देखिएको ओलीको भनाइ छ ।

राजनीतिक प्रतिवेदनमा ओलीले राजतन्त्र पुनरुत्थानको असम्भव माग र पश्चगामी राजनीतिको पक्षमा रहेका केही समूह तथा दल पनि क्रियाशील रहेको उल्लेख गरेका छन् ।

नागरिक आन्दोलनका बारेमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘कतिपय व्यक्ति र समूहबाट सरकारको निराधार विरोध गर्ने, प्राप्त उपलब्धिलाई ओझेलमा पार्दै एकोहोरो नकारात्मक प्रचार गर्ने, जनताका धार्मिक–सांस्कृतिक आस्था, विकास निर्माण र शान्ति सुरक्षासँग जोडिएका संवेदनशीलतामाथि खेलबाड गर्ने र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप