मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा क्षेत्रका सबै शैक्षिक संस्था बन्द हुने

सोमबार, ०६ वैशाख २०७८, २१ : ११
सोमबार, ०६ वैशाख २०७८

पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।

कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म  बन्द हुने भएका हुन् । 

यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका पछि हटेको हो । 

निजी विद्यालयहरु सरकारले तोकेको मापदण्ड पूरा गर्दै विद्यालयलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएपनि सरकारले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पछि हटेको हो ।

पोखरा महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख हेमप्रसाद आचार्यले आफूहरुले शिक्षण संस्था बन्द नगर्ने निर्णय गरे पनि केन्द्र सरकारको निर्देशन पछि हट्न बाध्य भएको बताए । 

‘हामीले आवस्यक सावधानी अपनाएर शैक्षिक संस्था खोल्ने पक्षमा थियौ तर, केन्द्रीय सरकारले शहरी क्षेत्रका सवै  शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि पछि हट्न बाध्य भयौं,’ उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप