गण्डकी प्रदेशमा थप ६६ जना कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ६६ जना कोरोना संक्रमण पुष्टि भएकोछ । सोमबार गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ४५ जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ६६ जनामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरास्थित लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालीमा गरिएको परिक्षणमा ३८ जना, क्षयरोग उपचार केन्द्र पोखरामा २६ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पुर्वमा गरिएको परिक्षणमा २ जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विनोद विन्दु शर्माले बताए ।
संक्रमीतहरुमा कास्कीमा ४५, तनहुँ ६, स्याङजा ४ जना, पर्वतका ३, नवलपरासी पुर्व २, म्याग्दी, बागलुङ, लम्जुङ र गोर्खामा एक एक जना रहेको उनले बताए ।
संक्रमित ६६ मध्ये महिला २५ जना रहेका छन भने अन्य पुरुष रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार २३१ जना पुगेको छ ।
यस्तै पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य समस्या देखिए पछि नागढुङ्गास्थित चरक मेमोरियत अस्पतालमा उपचाररत पोखरा महानगरपालिका –१६ का ६५ बर्षिय पुरुको मृत्यु भएको हो ।
चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका ६५ बर्षिय ब्याक्तिको उपचारको क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जानकारी दिए ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?