बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको चाहना र संसदको अंकगणित मिलिरहेको छैन : प्रधानमन्त्री ओली

सोमबार, ०६ वैशाख २०७८, २१ : ०४
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व र लोकतन्त्रको जगमा आर्थिक समृद्धिको अभियानलाई तीव्र पार्ने आफूहरुको प्रयासलाई पछिल्ला घटनाक्रमले प्रतिकुल प्रभाव पारेको जनाएका छन् ।

सोमबार एमालेको १० औं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्षका हैसियतले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्ड–माधव नेपालहरुले निरन्तर असहयोगका कारण प्रतिनिधिसभा विघटनको बिन्दुसम्म परिस्थिति पुगेको जिकिर गरेका छन् ।

तर प्रतिनिधिसभा पुनर्स्थापना भए पनि समस्या यथावत् रहेको उनको भनाइ छ । देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको, जनताका आकांक्षा पूरा गर्ने र विकासका आवश्यकतालाई अगुवाई गर्ने खालको भूमिका संसदले निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘देशको आवश्यकता राजनीतिक स्थायित्व हो, जनताको आवश्यकता सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हो,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘तर देश र जनताको चाहना र वर्तमान संसदको अंकगणित मिलिरहेको छैन ।’

ओलीले कतिपय नेताहरुको अभिष्ट र जनताको चाहनामा पनि तालमेल नमिलेको उल्लेख गरेका छन् । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘देश र जनताको आवश्यकतालाई बदल्न मिल्दैन, यदि त्यस आवश्यकतासँग संसदको अंकगणित र संरचना मिलेन भने, कतिपय नेताहरुको अभिष्ट र स्वार्थ मिलेन भने त्यसलाई बदल्न सकिन्छ, बदल्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप