शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमाबाट पेस्तोल सहित १ जना पक्राउ

सोमबार, ०६ वैशाख २०७८, २१ : ०२
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नवलपरासी पश्चिमस्थित नेपाल–भारत सीमानाबाट प्रहरीले एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी रामनगरबाट खटिएको टोलीले सुस्ता गाउँपालिका–५ तरेनी घर भएका २२ वर्षीय सुनिल भेडियारलाई पक्राउ गरेको हो ।

भेडयारको साथबाट लोड गरिएको ‘टाईप–५४’ पेस्तोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) राजु लामाले रातोपाटीलाई बताए ।

सोमबार विहान भेडियार भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीविरुद्ध हात हतियार तथा खरखजाना मुद्धामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप