मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डमाथि ओलीको आरोप – चुनावपछि काँग्रेससँग मिलेर एमालेलाई एक्ल्याउने अनैतिक प्रयास

सोमबार, ०६ वैशाख २०७८, २० : ४६
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७४ सालको निर्वाचनपछि नै एमालेलाई एक्ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहेका ओलीले सोमबार आयोजित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् ।

‘एकातिर जनताका उच्च आकाङ्क्षा थिए भने अर्कातिर हामीहरू सीमित साधनस्रोत र पुरानै मानसिकताका राज्यसंयन्त्र जस्ता समस्यासँग जुधिरहेका थियौं,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘त्यसमाथि, वाम गठबन्धन बनाएर चुनावमा होमिएका, त्यसकै बलमा राम्रो उपलब्धि हासिल गर्न सफल प्रचण्ड र उहाँका कतिपय साथीहरुको ध्यान अन्यत्रै थियो । उहाँहरु निर्वाचनपछि रातोदिन नेपाली काँग्रेससँग गठबन्धन सरकार बनाउन र नेकपा (एमाले) लाई एक्लो पार्ने अनैतिक प्रयासमा लागिरहनु भएको थियो ।’

तत्कालीन संघीय समाजवादी फोरम संसदको सबैभन्दा ठूलो दललाई बाहिर राखेर सरकार बनाउन नहुने मान्यतामा अडिग रहेपछि मात्रै नेकपा (एमाले) नेतृत्वको सरकारलाई समर्थन गर्न र आलोपालो सरकारको नेतृत्वमा सहमति गरेपछि मात्रै सरकारमा सहभागी हुन प्रचण्ड सहमत भएको ओलीको भनाइ छ ।

‘प्रचण्डहरूको टिमले सरकारलाई सुरुदेखि नै अस्थिर बनाउन प्रयास ग-यो,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप