मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा बन्चरोले हिर्काएर लुटपाट प्रयास, ३ जना पक्राउ

सोमबार, ०६ वैशाख २०७८, २० : २४
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुमा बन्चरोले हिर्काएर लुटपाट प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ३ मा राती ९ बजेतिर बालाजुचोकमा लुकेर बसेका ३ जना किशोरले रुकुमको मुसीकोटका १९ वर्षीय रमेश चनारालाई लुट्ने प्रयास गरेका थिए । 

बालाजु बस्दै आएका १९ वर्षीय रमेशलाई बन्चरोले हिर्काएर बेहोस बनाएको देख्नेहरुले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्दा उनीहरु भागेका थिए । 

आरोपीहरुलाई गंगाहल नजिकैबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा गोरखा नाम्जुङ–३ घर भएका १८ वर्षीय सुनम परियार, ओखलढुङ्गा  पतलेछेर्मादिङका १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुर घर भएका सुरज तामाङ छन् । उनीहरु तिनैजना बालाजु बस्छन् । 

जिउमा लुकाएर हिँड्न मिल्ने बन्चरोले हिर्काएर उनीहरुले लुट्ने गरेको अनुसन्धानबाट खुलेको एसपी बस्नेले बताए । उनीहरुको साथबाट बन्चरो बरामद गरिएको छ । आरोपीहरुले बन्चरोले हिर्काएर लुट्ने प्रयास गरेको साविती बयान दिएका छन् । महानगरीय प्रहरी वृत बालाजुले उनिहरुलाई ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप