ad
केन्द्रीय संस्करण
दस्ताबेज

यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

person explore access_timeबैशाख ६, २०७८ chat_bubble_outline0

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ । 

प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।
‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरु गरिए’, अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ । 

त्यस्तै ओलीले गत फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा माओवादी केन्द्र आफूलाई प्रधानमन्त्रीबाट हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एक सूत्रीय अभियानमा केन्द्रित भएको आरोप समेत लगाउदै ऊ विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार’ बनाउन तयार
भएको जनाएका छन् । 
ओलीले अध्यक्ष प्रचण्डबाट आएका अर्को जनयुद्ध’,अर्को विद्रोह’ जस्ता अभिव्यक्ति हताशकव अभिव्यक्ति बाहेक केही नभएको पनि बताएका छन् । प्रचण्डका अभिव्यक्तिलाई ओलीले ‘वाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउने, जातीय–क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलहरु भित्र विभाजन ल्याउने र यसबाट आफ्नो स्वार्थसिद्धि गर्न अभ्यस्त कतिपय नेताहरु यी दाउपेच निष्प्रभावी हुँदै गएका कारण अतालिएको’ भनेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.