बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार उपाध्यायले पुर्‍याए ५१ विश्व रेकर्ड

सोमबार, ०६ वैशाख २०७८, १९ : ३९
सोमबार, ०६ वैशाख २०७८

काठमाडौँ । गीतकार डा. धर्मराज (​डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१ विश्व रेकर्ड पुर्याएर विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याएका हुन् ।

सोमबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई १९ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।  यस पटक उनले अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुक गरेर १९ फरक विधामा विश्व कीर्तिमान कायम गरेका हुन् ।

डा. उपाध्यायले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् । 

यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीत लेखेर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत बनाए समेत रेकर्ड बनाएका छन् ।

उनले ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर समेत कीर्तिमान हात पारेका छन् ।
कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीति संग्रह सपनाको महल, धडकन, धर्ती र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण समेत गरेका थिए ।

सोही अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले गीत-संगीतमा  ५१ वटा विश्व रेकर्ड राख्ने उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्यको जति प्रशंसा गर्दा पनि कमै हुने उनको भनाई रहेको थियो । 

पूर्वमन्त्री रामेश्वर राय यादवले पनि आफ्ना स्कुले साथी एवम गीतकार साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा अर्का वक्ता डा. सुरेन्द्र केसीले राज्यले भ्रस्ट फटाहाहरुलाई तक्मा बढेको बेला एक नेपाली श्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यंग्य भएको बताए । उनले आफ्ना कीर्ति र विश्व रेकर्ड मार्फत नेपाली र नेपाली संगीतलाई विश्वमाझ पुर्याएको पनि उनले बताए । 

श्रष्टा डा. डि आर उपाध्यायले हामी नेपालीहरु पनि साहित्य तथा गीतसंगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफुले यस्तो रेकर्डमा लागेको बताए ।
अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत समेत कार्यक्रममा सुनाएका थिए बनाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप