मन्त्री पार्वत गुरुङलाई कर्मचारीले टेरेनन्, ‘भोलि’ भन्दै घरतिर चम्पट !
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीबारे सार्वजनिक सरोकारका विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । क्याबिनेटले बिहानै गरेको सो निर्णयका मुख्य बुँदा सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सिंहदरबारबाट साँझ वाचन गरेर नेपाल टेलिभिजनमार्फत लाइभ सुनाए ।
टेलिभिजन लाइभका क्रममा मन्त्री गुरुङले सुरुमै भनेका थिए, ‘निर्णय लामो छ, यहाँ बुँदामात्रै पढ्दा पनि लामो हुन्छ, यसको विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा हेर्न सक्नुहुन्छ, राजपत्रमा पनि प्रकाशित हुन्छ ।’
निर्णयका बुँदाहरु सुनाउँदै गर्दा अन्तिममा पनि मन्त्री गुरुङले मन्त्रालयको वेबसाइटमा निर्णयहरु राखिने बताएका थिए । सरकारले स्वास्थ्यसम्बन्धी आदेश जारी गरेको र त्यसमा के–के पेसा व्यवसाय बन्द हुने वा कसरी सञ्चालन गर्ने भन्ने मापदण्ड तय भएकाले जनतामा त्यसप्रति चासो हुनु स्वभाविक हो ।
तर, सञ्चार मन्त्रालयका कर्मचारीहरु भने मन्त्री गुरुङको आदेश पालना नगरी घरतिर लागेका छन् । उनीहरुले सार्वजनिक सरोकारको निर्णय वेबसाइटमा भोलि मात्रै राखिने बताए । मन्त्रालयका एक कर्मचारीले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूले भने पनि राजपत्रमा छापिएपछि भोलिमात्रै निर्णय वेबसाइटमा राखिन्छ, भोलि नै हेर्नुहोला । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड ७० लाख डलर धोकाधडी कान्डमा बेसबल स्टार ओहतानीका अनुवादक जेल चलान
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता
-
कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !