कुन ठाउँका विद्यालय बन्द भए ? कहाँ खोल्न पाइने ? (विवरणसहित)

काठमाडौं । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन–पाठन सुचारु हुनेछ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निम्न स्थानका शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु मात्रै बन्द गरेको छ ।
१.काठमाडौं ललितपुर भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु ।
२. बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु ।
३. इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु ।
४. मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु ।
मन्त्रिपरिषदले जारी गरेको आदेशअनुसार माथि तोकिएका स्थानका शैक्षिक संस्थाहरु आगामी बैशाख मसान्तसम्म भौतिकरुपमा बन्द हुनेछन् ।
सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाशरुको पठन–पाठन भने सुचारु हुनेछ ।
परीक्षा नरोकिने, चिकित्सा शिक्षाको पढाइ जारी रहने
माथि तोकिएका स्थानहरुमा भौतिक रुपमा उपस्थित नभई भर्चुअल अथवा वैकल्पिक शिक्षणका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न सरकारले भनेको छ । भौतिक रुपमा बन्द हुने भनिएका स्थानका विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाइने सरकारको आदेशमा उल्लेख छ ।
त्यसैगरी, सरकारले चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक पढाइहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दैै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘चिकित्सा शिक्षा पूर्ण बन्द भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग