शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ५५ जना कोरोना संक्रमित थपिए

सोमबार, ०६ वैशाख २०७८, १८ : ०२
सोमबार, ०६ वैशाख २०७८

मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको बिर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेची नगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र वराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१९ पुगेको छ । प्रदेश १ मा आज ३२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप