सीमा नाकामा होल्डिङ सेन्टर बनाउने सरकारको निर्णय
सोमबार, ०६ वैशाख २०७८, १७ : ३५
सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।