बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि आह्वान

सोमबार, ०६ वैशाख २०७८, १८ : ००
सोमबार, ०६ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

त्यस लगत्तै काँग्रेस सहितका तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेका थिए ।   तीन दलको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १३ गते १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप