शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने

सोमबार, ०६ वैशाख २०७८, १७ : ३२
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप