शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको सेयरले धेरै कमायो

सोमबार, ०६ वैशाख २०७८, १६ : ३७
सोमबार, ०६ वैशाख २०७८

सोमबार नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा अडिएका छ ।  यस दिन ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १३ कम्पनीको १ करोड ४२ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको हो । 
१३ समूहमध्ये २ समुहको मात्र बृद्धि छ । बाँकी सबै समूहको सूचक तल झरेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको हो । ज्योती लाइफ  इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । 
ज्योति लाइफको सेयर मूल्य ६ सय ८३ रुपैयाँ र महिला लघुवित्त वित्तिय संस्थाको १ हजार चार सय ६० रुपैयाँ प्रतिकित्ता सेयर पुगेको छ ।  खरिदबिक्री रकममा २८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । दोस्रोमा एचआइडीसीएल र तेस्रोमा निफ्रा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप