बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपालसहित ८ जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय

सोमबार, ०६ वैशाख २०७८, १८ : १०
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ८ जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ ।  यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ ।

उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित ८ जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।

(-यसअघि समाचारमा अन्यथा भएकोमा सच्याईंएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप