बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

सोमबार, ०६ वैशाख २०७८, १६ : ०४
सोमबार, ०६ वैशाख २०७८

पोखरा । पोखरामा कोरोना  भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पोखराको नागढुङ्गा स्थित चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका –१६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परिक्षणमा गत चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका ६५ बर्षिय ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
कोरोना संक्रमित ब्यक्तिमा मुटुसम्बन्धी समस्या देखिएको उनले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप