शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाविरुद्ध नेपालको सानदार जित

सोमबार, ०६ वैशाख २०७८, १५ : ५०
सोमबार, ०६ वैशाख २०७८

 त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप