शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त

सोमबार, ०६ वैशाख २०७८, १५ : ४९
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लीला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले नवनियुक्त अध्यक्ष सिटौलालाई अध्यक्षमा नियुक्त गरेको हो । 

आजै सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिई पदभार समेत ग्रहण गरेका छन् । सिटौलाले बैंक सञ्चालक समितिको २०९औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । 

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त उनीलाई बैशाख २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव सँगालिसकेका छन् ।  नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका सिटौलाले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । अध्यक्ष सिटौलासँग नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समितिमा रही काम गरेको अनुभव छ । साथै बीमा संस्थान, नेपाल स्टक एक्सचेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरेको अनुभव सिटौलासँग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप