लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग गर्दै निवेदन
सोमबार, ०६ वैशाख २०७८, १५ : ४१

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता लगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा सचेतक तुलाराम घर्ती मगरका अनुसार काँग्रेस र माओवादी केन्द्रका सांसदहरु विशेष महाधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिन पुगेका हुन् ।
१५ दिनभित्र अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएको उनले बताए । अविश्वास प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति
-
बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु